Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुवेत सरकारद्वारा राजिनामा


    मंगलबार, असोज २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।  कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजिनामा दिएको छ । प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाउनु भएको हो । 

    आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजिनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।

    कुवेती अमिरले प्रधानमन्त्री र उहाँको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे । कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार