विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हिक्मत कार्कीले राजनीतिक दलहरूको अङ्कगणित र अहिलेको अवस्था हेर्दा मध्यावधि निश्चित रहेको टिप्पणी गरेका छन् । प्रदेशसभा बैठकमा विश्वासको मत लिने क्रममा सम्बाेधन गर्दै कार्कीले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताए । तर राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहाना भने नभएको बताए ।
कार्कीले भने– ‘अहिलेको जटिलता र अंकगणितको अवस्थाले थप जटिलतालाई नजरअन्दाज गर्ने हो भने हामी मध्यावधिको अवस्थामा पुग्नेछौँ । अहिलेको अङ्कगणित जुन छ, ४० सिट भएको पार्टी एकातिर नेकपा एमाले छ । हामीसँग सहकार्य गरेका दल छन् । अर्कोतिर गठबन्धन दल छ उसको पनि स्पष्ट बहुमत छैन । यो बीचमा घुमिरहेका छौँ, हामीले यो अङ्कगणितलाई ख्याल गरेनौँ भने मध्यावधि हाम्रो अगाडि निश्चित छ । यो चाहाना र माग हो भने जनताको बीचमा जान नेकपा एमाले डराउँदैन । निर्वाचनमा जान तयार छ तर निर्वाचन अहिले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, जनताको चाहना, सामाजिक अवस्था आदी केहीमा जनताले निर्वाचनको माग गरेका छैनन् ।’
उनले आफूले विश्वासको मत नपाउने अवस्थामा राजीनामा गरेर पदमुक्त सुझाव आएको पनि सभालाई जानकारी गराए । संविधान र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेको फैसलाले र संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था हुँदा राजीनामा गरेर पदमुक्त हुनुपर्छ भनेर पनि बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend