Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिविका उप–प्राध्यापक चलाउनेमाथि रड प्रहार


    मंगलबार, असोज २० २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्यार्थी संघको एक समूहले त्रिभुवन विश्वविद्यालयका एक उप-प्राध्यापक माथि रड प्रहार गरेको छ। मंगलबार त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले रड प्रहार गरेको हो।

    विश्विद्यालय केन्द्रीय क्याम्पस परिसरभित्रै उप-प्राध्यापक चलाउनेलाई नेविसंघका कार्यकर्ताले बाटैमा रोकी आक्रमण गरेको विभागका एक उपप्रध्यापकले जानकारी दिए।

    आक्रमणबाट गम्भीर घाइते भएका उप-प्राध्यापक चलाउनेको अहिले मेडीसिटी अस्पतालमा उपचार भैरहेको छ। उनको दाइने खुट्टा भाँचिएको र देब्रे खुट्टा र टाउकोमा गम्भीर चोट लागेको ती उपप्रध्यापकले जानकारी दिए।

    नेविसंघका कार्यकर्ताले  आफ्नाे पक्षका टीका गौतम विभागी प्रमुख हुनुपर्ने भन्दै आन्दलोलन गर्दै आइरहेको उनले जानकारी दिए। अहिले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा प्रध्यापक युवराज लुइँटेल छन्।

    प्रहरीले आक्रमणको जानकारी आएको र घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार