Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओलीको गुनासो- माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन्


    बिहिबार, असोज १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् ।

    पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताए ।

    उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरुसँग कुनै नीति छैन ।’

    उनले कांग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।

    उनले भने, ‘कांग्रेस र हामी सँगसँगैको पार्टी हौं । तर, कांग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । माधव नेपालले भन्नु त ठीक हो । जेसुकै गल्ती गरेपनि कांग्रेसपछिको सरकार सोच्न सकिँदैन । हामी कांग्रेसकै पछि लाग्छौं । माधव नेपाललाई त सुहाउँछ । तर, कांग्रेस चाहिँ ३२ सीटको पछाडि किन लागेको छ ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार