काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको टिप्पणी गरेका छन् ।
रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताए ।
नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’
श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको भनाइ थियो ।
नेपालले भने, ‘पूँजीपतिको स्वार्थमा मात्र नीति नबनोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौं । त्यसका लागि हामीले संघर्ष गरिरहेका छौं । हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला छैनौं ।’
उनले अहिले देशको अर्थतन्त्रमा संकट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए । नेपालले मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए ।
उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend