Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगञ्जका ‘रिगल’ विरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा


    बिहिबार, असोज १८ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाँकेको नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज(बिहीबार) पेसी तोकिएको छ ।

    न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

    आफ्ना श्रीमानको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।

    साथै उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार