Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुण्डा नाइके बलेविरुद्ध कराेडाैँकाे सम्पत्ति शुद्धीकरण मुद्दा


    सोमबार, असोज १९ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गरेकाे हाे। उनीहरूविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा विभागले दायर गरेको हाे ।

    विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको  छ। त्यस्तै विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुबाट बिगो, र बिगो बराबरकै जरिवाना असुल्न माग दाबी गरिएको छ ।

    त्यसैगरी बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न रिटमा मागदाबी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ ।

    त्यसैगरी पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको भेटाटिएको छ । ती सबै सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विभागले जफतको लागि माग दाबी पेस गरेको छ।

    काभ्रेको रोसी-४ घर भई हाल लाजिम्पाट बस्दै आएका बले यसअघि जुवाखालबाट पक्राउ परेका थिए । त्यसपछि विभागले बलेविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थालेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार