Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


    सोमबार, असोज १९ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । विदेश पठाइदिन्छु भन्दै नगद २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-४ बस्ने पर्वत कुश्मा नगरपालिका-११  घर भएका सुमन कार्की क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    ईटहरी उपमहानगरपालिका-६ संगित चोक बस्ने भोजपुर अरुण गाउँपालिका-५ याकु घर भएका पुरुषलाई विदेश पठाइदिन्छु  भन्दै २ लाख रुपैयाँ लिई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार