Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सोमबार थपिए २४ सय ४० जना कोरोना संक्रमित


    सोमबार, असोज १९ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जना कोरोना भाइरसको संक्रमि‍ण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार नेपालमा हालसम्म संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । 

    यस्तै  देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ । 

    पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।   

    देशभरका संस्थागत आइसोलेसन ११ हजार १ सय ९१ जना र होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ३३ जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भैरहको छ । देशभर २ सय ४४ जना आईसीयूमा राखेर उपचार भैरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार