काठमाण्डाै। शेयर बजार आज सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि पिपुल्स हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज दुई सय ८६ वटा कम्पनीका ५७ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड १६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend