Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरानमा कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु


    सोमबार, असोज १९ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।

    प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा असोज १६ गते भर्ना गरिएको थियो ।

    उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार