Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङलाई राजधानीमा तोक्ने निर्णयमा समितिका संयोजक नै असन्तुष्ट, दिए राजीनामा


    सोमबार, असोज १९ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्ट पर्टीमा तीव्र असन्तुष्टि देखिएको छ। 

    सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रदेश सभा बैठक १२ बजेका लागि डाकिएको छ।

    सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

    सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्। 

    बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन्। उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार