काठमाडौं । चीनको होङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टिमले माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित हात पारेको छ।
आज आइतबार चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै समेटियो ।
माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अविनाश बोहराले ६ विकेट लिए । घातक बलिङ गरेका अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।
माल्दिभ्सका मुआभिएथ गानीले सर्वाधिक ३६ रन बनाए । राहिद रसामले १२ र फरिद सियुसले १० रनको योगदान गरे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो ।
कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । कुशल मल्ले २० बलमा तीन चौका र दुई छक्कासहित अविजित ४७ रन जोडे । ओपनर कुशल भुर्तेल र सन्दीप जोराले समान ३५ रन थपे । विनोद भण्डारीले १३ रन बनाए ।
माल्दिभ्सका नजवान इस्माइलले तीन विकेट लिए । नासिर नैल इस्माइल, मोहम्मन मिउभान र थोलाल मोहम्मद रायाले समान एक विकेट लिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend