काठमाडौं । चीनको होङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टिमले माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित हात पारेको छ।
आज आइतबार चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै समेटियो ।
माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अविनाश बोहराले ६ विकेट लिए । घातक बलिङ गरेका अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।
माल्दिभ्सका मुआभिएथ गानीले सर्वाधिक ३६ रन बनाए । राहिद रसामले १२ र फरिद सियुसले १० रनको योगदान गरे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो ।
कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । कुशल मल्ले २० बलमा तीन चौका र दुई छक्कासहित अविजित ४७ रन जोडे । ओपनर कुशल भुर्तेल र सन्दीप जोराले समान ३५ रन थपे । विनोद भण्डारीले १३ रन बनाए ।
माल्दिभ्सका नजवान इस्माइलले तीन विकेट लिए । नासिर नैल इस्माइल, मोहम्मन मिउभान र थोलाल मोहम्मद रायाले समान एक विकेट लिए ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend