Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि


    सोमबार, असोज १९ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार राति मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    बुटवल–१३ बेलबासकी ६५ वर्षीया महिलाको मृत्युपश्चात कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

    अस्पतालमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको राति ८ बजे मृत्यु भएको थियो। आज बिहान आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार