Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे छलफल सकारात्मक : प्रचण्ड


    शनिबार, असोज १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको टिप्पणी गरेका छन् ।

    अमेरिका र चीन भ्रमणपछि आज शनिबार स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताए ।

    उनले दुई देशबीच भएको समझदारी र अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताए ।

    नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको पनि उनले बताए । स्याँप्रुबेसी–रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    चीनसँग टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको पनि बताए । उनले नेपाल–चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेलगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार