Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एमाले बागमतीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


    शुक्रबार, असोज १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व छनोटका लागि मतदान सुरु भएको छ ।

    पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो ।

    अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।

    चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

    यसैगरी एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि उक्त निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार