Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फणिन्द्र नेपालको प्रश्नः भारत लिम्पियाधुरामा सेना भर्दा सरकार र प्रतिपक्षी मौन किन?


    आइतबार, असोज १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली भूमि लिम्पियाधुरामा भारतले सुरक्षा फौज असोरिरहेको भन्दै ग्रेटर नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय सुरुक्षाकर्मी सेनाको ठूला ट्रकमा चढेर लिम्पियाधुरा गइरहेको भन्दै ग्रेटर नेपालले आपत्ति जनाएको हो ।

    ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले लिम्पियाधुराको टाकुरादेखि लिपुलेकको भन्ज्याङभरी भारतीय सेनाको फौज भरिएको बताएका छन् । भारतले लिम्पियाधुराका विभिन्न ठाउँमा समेत आफुनो सेनाको फौजका क्याम्प राखिरहेको उनको भनाई छ ।

    तर यसबारेमा सरकार र प्रतिपक्ष मौन बसेको उनको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्ने प्रतिबद्धता संसदमै व्यक्त गरेपनि अहिले भारतले सेना खटाईरहदा मौन बसेको भन्दै नेपालले आपत्ति जनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार