काठमाडौँ। एक महिलालाई बलात्कार गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दनुस्का गुणथिलका निर्दोष साबित भएका छन् । उनीविरुद्ध गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
गत वर्षको टी-२० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला गुणथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी-२० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो ।
बलात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी) ले गुणथिलकालाई निलम्बन गरेको थियो ।
ती महिलाले गुणथिलकाले आफूमाथि पटक-पटक बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसपछि सिड्नीको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।
लामो समयसम्मको सुनुवाइपछि गुणथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष साबित भएका हुन् । न्यायालयबाट निर्दोष साबित भएपछि गुणथिलकाले आफू छिट्टै पुनः क्रिकेटमा फर्कने बताएका छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend