Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको कर्णाली प्रदेश अध्यक्षमा मीनबहादुर शाहीलाई ओलीको समर्थन


    बिहिबार, असोज ११ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिपक्षी दल नेकपा (एमाले) को कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा हुने भएको छ।

    कालीकोटका शाही र सल्यानका शाहले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। उक्त मनोनयन दर्ता शुक्रबार हुनेछ।

    सामुदायिक रेडियोका अभियन्ता, कर्णाली विकासको अध्येता र योजना आयोगका सदस्य रहिसकेका शाही एमालेको प्रदेश कमिटी सदस्य हुन भने शाह एमालेका पोलिटब्युरो सदस्य हुन्।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बिहीबार प्रदेशको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।

    बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार