काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । आइतबार मृत्यु हुनेमा मकवानपुरकी ५ दिने बालिका समेत छिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं र ललितपुरको एकएक जना पुरुष छन् भने बाँकेका एकजना पुरुष छन् । यस्तै बाँके, कञ्चनपुर र चितवनकी एक महिना छिन् ।
शनिबार देशभर ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।