Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले वाग्मती प्रदेशको परिवर्तित निर्वाचन कार्यतालिका यस्तो छ


    बुधबार, असोज १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनअन्तर्गत यसअघि सार्वजनिक निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । जसअनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण हुनेछ ।

    ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गरिने परिवर्तित कार्यतालिकामा उल्लेख छ । साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

    यस्तै राति ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । भोलि (बिहीबार) बिहानदेखि मतदान सुरु हुने कार्यतालिकामा उल्लेख छ ।

    यसअघि, मतदाता नामावली प्रकाशन भइसकेको छ । एक हजार १६५ जनाको प्रारम्भिक नाम टाँसिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो ।

    जारी उक्त अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार