काठमाडौं । म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूहलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेकाे छ ।
वृत्तले कलंकीस्थित एक घरबाट म्याद गुज्रिएका चक्लेट, बेकरी बनाउने पिठो, चक्लेट र बेकरी आइटमममा प्रयोग गरिने रंगलगायतका सामग्रीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
दुई तलाकाे घरलाई गोदाम बनाइ यस्ता सामान राखेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले सुमित अग्रवाल, किरणदेवी अग्रवाल, अनिल कुमार, आनन्द अवस्थीलगायत पाँच जनालाई पक्राउ गरेकाे छ । उनीहरूबाट म्याद गुज्रेकाे तेल पनि बरामद गरिएकाे प्रहरीले बताएकाे छ ।
यसअघि म्याद सकिएका चकलेट र चिप्समा नयाँ लेबल राख्ने विशाल समूहको गोदाममा पनि प्रहरीले छापा मारेर केहीलाई पक्राउ गरेको थियो ।