Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एमाले बागमती अधिवेशनको बन्दसत्र सुरु


    मंगलबार, असोज ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उक्त बन्दसत्र सुरु भएको हो ।

    बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ ।

    हिजो सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले आग्रह गरेका थिए ।

    सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका थिए । प्यानलगत प्रतिस्पर्धा नगर्न उनले निर्देशन नै दिएका थिए ।

    एमाले वाग्मती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार