Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रदेश सांसदको दोस्रो परीक्षणमा कोरोना संक्रमण पुष्टि


    आइतबार, असोज १८ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । प्रदेश सांसद शशिजंग थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भक्तपुर क्षेत्र नं. २ ख मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिबार संक्रमण पुष्टि भएको हो।

    उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । ज्वरो आएपछि असोज १२ गते नै कोरोना भाइरस संक्रमण भएको आशंकामा पीसीआर परीक्षण गरिएको थियो। तर सो परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो। पाँच दिनपछि शनिबार गरिएको परीक्षणमा भने कोरोना संक्रमण पुष्टि भएको उनले बताए । 

    यसअघि भक्तपुर क्षेत्र नं. १ बाट संघीय संसदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित सांसद प्रेम सुवाललाई पनि कोरोना भाइरस संक्रमण भएको थियो। नेमकिपाका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवाल कोरोना संक्रमण मुक्त भैसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार