Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा बढे कोरोना संक्रमित, चिकित्सकसहित ४३ जनामा संक्रमण पुष्टि


    आइतबार, असोज १८ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा चिकित्सकसहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवनस्थित चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएकारुमा नवलपरासीका २६, तनहुँका नौ, लमजुङका पाँच जना, गोरखा, बाग्लुङ र स्याङ्जाका एकएक जना रहेका छन्।

    तनहुँका नौ जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरु तनहुँस्थित बीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत छन। उनीहरुमध्ये चिकित्सक पनि रहेको जनाएको छ।

    त्यस्तै, लमजुङमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन्। उनीहरु सबैलाई आइसोलेसनमा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार