काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा भारत लागेका छन्।
आज आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। उनलाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।
नयाँ दिल्लीमा भोलि सोमबारदेखि असोज १० गतेसम्म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्।
बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हेका छन्।
उक्त भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल पुन: फर्किनेछन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend