काठमाडौं । हाल चर्चित सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा छलफल गर्न आज देउँसो २ बजे बैठक बोलाइएको छ ।
यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सहमति भएको थियो । तर सत्तापक्ष र प्रतिपक्षी आ—आफ्नै अडानमा रहेका कारण आयोग गठन हुन सकेको छैन ।
अहिले सत्तारुढ दलहरू आन्तरिक छलफलमा छन् । २ बजे गृह मन्त्रालयमा नेकपा एमाले समेतको बैठकमा आयोग गठनका विषयमा छलफल हुनेछ ।
यता, विपक्षी दल नेकपा एमाले सचेतक महेश बर्तौलाले आयोग गठन गर्ने सहमति भए पनि त्यसअनुसार सरकार अगाडि नबढेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- आयोग गठनका लागि सरकार तयार नहुनुले सुन लगायतको तस्करी र गैरकानूनी धन्दामा उच्चस्तरीय सरकारी संलग्नता प्रतिको आशङ्का झनै बढेर गएको छ । आफैँले गरेको सहमतिलाई समेत लत्त्याएर राजनीति र संसद्लाई घात प्रतिघात, धोकाधडी, अविश्वास र द्वन्द्वतर्फ धकेल्न सरकार प्रयत्नशील रहेको हो कि भन्ने आशङ्का प्रति यस घटनाले सत्य प्रमाणित गरेको छ। यो देशको लागी असाध्यै दुःखद र गम्भीर चिन्ताको विषय हो। यद्यपि संवाद र छलफलको प्रयत्नलाई भने सकारात्मक रूपमै लिएका छौँ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend