Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • क्यानको सचिवका लागि मतदान सुरु, कसले मर्ला बाजी


    शनिबार, असोज ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को मतदान सुरु भएको छ । सचिव, प्रदेश सदस्य खुला सदस्यका लागि आज उक्त मतदान सुरु भएको हो ।

    सचिव पदमा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लबीच भिडन्त हुँदै छ । उता ५ वटा प्रदेश सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, ५ वटा खुला सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् ।

    संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् भने कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार