Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रधानमन्त्रीका मुख्य सल्लाहकारदेखि परराष्ट्र मामिला सल्लाहकारसम्मलाई काेराेना संक्रमण


    शनिबार, असोज १७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकारदेखि परराष्ट्र मामिला सल्लाहकारसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    स्रोतका अनुसार प्रधानमन्त्रीका  मूख्य सल्लाहकार  बिष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डरी र परराष्ट्र मामिला सल्लाहकार  राजन भट्टराइलाई कोरोना संक्रमण पुष्टि भएको हो।

    यी सबै जनालाई सुरक्षाकर्मीबाट संक्रमण फैलिएको अनुमान गरिएको छ। त्यसैगरी प्रधानमन्त्रीका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्या सिंह साहमा पनि संक्रमण देखिएको थियो। त्यस्तै नेकपा नेता सुवास नेवाङको रिपोर्ट भने आउँन बाँकी रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार