Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जयेन्दु बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, १० जना घाइते


    शुक्रबार, असोज ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड हुँदा एक जनाको मृत्यु भएको छ । सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गर्दा उनीको मृत्युु भएको हो ।

    प्रहरीका अनुसार दुई पक्षबीच झडप भएको हो । झडपमा १० जना भएका छन् ।

    सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको बताइएको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार