Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • हिसिला यमीको विवादास्पद अभिव्यक्ति: ‘हेर्दै छोउँ-छोउँ लाग्ने युवतीलाई एसिड आक्रमण हुन्छ’


    शुक्रबार, असोज १६ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बलात्कार र एसिड आक्रमणबारे विवादित अभिव्यक्ति दिएकी छिन् ।

    शुक्रबार काठमाडौँको माइतीघरमा महिला हिंसा र बलात्कारविरुद्धको प्रदर्शनका क्रममा नेतृ यमीले सरकारको आलोचना गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएकी हुन् ।

    नेतृ यमीले धनी तथा सम्पन्‍न परिवारको सुरक्षालाई लक्षित गर्दै सरकारले एसिड आक्रमणविरुद्ध कठोर कानुन ल्याएकाे बताइन् । तर बलात्कारको शिकार विपन्न र गरिब परिवारकी छोरी हुने भएकोले कुनै वास्ता नगरेको आरोप लगाएकी हुन्।

    उनले एसिडको घटना धेरै जसो सम्पन्न परिवारकी छोरीहरु, देख्नमा राम्री, छोउँ छोउँ लाग्ने धनी बाउकै छोरीमा हुने तर पनि योविरुद्धको कानुन स्वागत योग्य रहेको बताइन् । तर बलात्कार भने अधिका‌ंश गरिब र दलितकी छोरीहरुमा हुने भएकाले यसबारे पनि कडा कानुन चाहिने उनको भनाई छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार