Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीको तिलोत्तमामा मजदुरबीच झडप, एकको मृत्यु, ३ जना गम्भीर घाइते


    मंगलबार, असोज २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।

    उक्त झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

    झडपमा परी काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियारसहित झडपमा उत्रिएका थिए ।

    घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् । यस घटनाको थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार