Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत प्राधिकरणभित्र १० ठूला घोटालाः कुलमानको कार्यकालमा अरबौं रुपैयाँ भ्रष्टाचार ?


    शुक्रबार, असोज १६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०७७ भदौ २९ मा ४ बर्षे कार्यकाल पूरा गरी बिदा भइसकेका छन् । सामाजिक संजालमा अहिले पनि कुलमान घिसिङको नियुक्तिको माग गर्नेको संख्या पर्याप्त छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमानको बिषयमा एकपाखे कुरामात्र आएको अभिब्यक्ति दिदा उनको सामाजिक संजालमा चर्को आलोचना हुँदैआएको छ । कुलमानको नेतृत्वमा १८ घन्टा लोडसेडिङ हुँदैआएको देश त्यसबाट मुक्त भयो । भारतबाट विद्युत किनेर होस् कि सिष्टममा एकपछि अर्को थपिएर भनौं कुलमानको नेतृत्वमा नेपाल लोडसेडिङमुक्त भएको हो । लोडसेडिङ हटाएको श्रेय उनलाई नै जान्छ । कुलमानको कार्यकालमा लोडसेडिङ हटेको कुरा घामजत्तिकै छर्लङ्ग भए पनि विद्युत प्राधिकरणभित्र अनियमितता र भ्रष्टाचार पनि त्यत्तिकै भएका कुराहरु उनको बहिर्गमनपछि निक्लन थालेका छन् । ती भ्रष्टाचार कुलमानकै कार्यकालमा भएकाले उनले पनि यी कुराहरुको बारेमा सत्यतथ्य राख्नुपर्ने जवाफदेहिता हुन्छ । उनले विद्युत नियमन आयोगको सहमतिविना नै २ हजार मेघावाटको पीपीए गरेकादेखिका विवरण नेपालफेसलाई पनि प्राप्त भएका छन् । कुलमान घिसिङप्रति हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन । यी विवरण तथ्यमा आधारित भए नभएको बारेमा कुलमान घिसिङसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् । यदि यी विवरण तथ्यमा आधारित नभएको बारेमा घिसिङले प्रष्ट पारेमा हामी उनका विचारलाई पनि उचित स्थान दिन तयार नै छौं ।

    कुलमानको कार्यकालमा भएका १० अनियमितता

    १. राहुघाट जलविद्युत आयोजना ४० मेगावाट ठेक्कामा ८ वटा कम्पनीहरुले बोलपत्र प्रक्रियामा भाग लिए पनि एउटा मात्र कम्पनी जेभी एशोसिएन भारतलाई मिलेमतोमा ठेक्का हाल्न लगाएको । उक्त कम्पनीको योग्यतासमेत नपुग्ने । तर  ६ अर्ब रुपैयाँमा टर्न कि (एउटैलाई मिलेमतो)मा ठेक्का दिएकोे ।

    २. त्रिशुली नुवाकोटमा निर्माण हुनुपर्ने २५ मेगावाट सोलार ग्रीड आयोजनामा पहिलेको व्यवस्थापनाबाट भएको निर्णयलाई उल्ट्याएर रु ६८ करोड बढी कबोल गर्ने ठेकेदार कम्पनी राइजन इनर्जीलाई रु ३ अर्ब ३५ करोडमा ठेक्का दिई करोडौं अपचलन गरेको र हाल अख्तियारद्वारा विस्तृत छानविन भइरहेको  ।

    ३.प्रचलित नियम विपरीत हरेक आयोजना (उत्तर गंगा, दूधकोसी, तमोर, रसुवाघाट, आँधीखोला) आदिलाई कम्पनी मोडेलमा लगि आफू अध्यक्ष भई अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले कैफियत औल्याएको ।

    ४. कोसी कोरिडोर आयोजना अन्तर्गत शाखा, तेह्रथुम, वसन्तपुरमा निर्माण भइरहेको सव स्टेशनको ठेक्कामा ठूलो घोटला । पहिले न्यूनतम मूल्यांकित ठेक्काललाई स्वीकृत गरी पछि मिलेमतोमा बैंक ग्यारेन्टी फिर्ता गरी पुनः ठेक्का प्रकृया सुरु गरी लार्सन एण्ड टर्बो इन्डियालाई ठेक्का दिएको । यस बाट प्राधिकरणलाई ८४ करोड नोक्सान भएको ।

    ५. कमिसनको चक्करमा नेपालको विजुली खेर फालेर भारतबाट निरन्तर विजुली आयात गरिरहेको । विगत २ वर्षमा १८ वटा  आयोजनाबाट बिजुली खेर जाँदा ३ अर्ब १५ करोड नोक्सान भएको ।

    ६. झुटो विवरण पेश गरी नाफा देखाएको गत वर्षसम्म रु.२६ अर्ब रुपैयाँ बक्यौता रहेको ।

    ७. व्यापारीसँगको मिलेमतोमा ५० करोडको डिल गरी डेडिकेटेड र टं«क लाइनको विलिङ नगरेको पछि कुरा लिक भएपछि मात्र विलिङ गरेको १५ अर्ब रुपैयाँ उठ्न बाँकी ।

    ८.२०७४ मंसीर १४ गतेबाट विद्युत नियमन ऐन लागू भएपछि कुनै पनि आयोजनाको पीपीए गर्नुपूर्व उक्त आयोगको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, करिब २ हजार मेगावाट आयोजनाको पीपीए २०७४ मंसीरपछि विद्युत नियमन आयोगको सहमति बिना भएको छ । यसमा करोडौंको चलखेल भएको छ ।  प्रतिमेगावाट २ लाखसम्म असुल गरिएको आरोप छ । पारदर्शीताको वकालत गर्नेले आयोगको सहमतिविना किन गरेको ?

    ९. कुलमान घिसिङले आर्जन गरेको रकम अनिल घिसिङ र दाजु गणेश घिसिङमार्फत् लगानी गरेको । बनेपामा सय रोपनीभन्दा बढी क्षेत्रफलमा राजदेवी हार्डववेयर अनिल घिसिङका नाममा संचालित छ । त्यसमा करिब रु ३ अर्बको लगानी छ । हाल हार्डवेयर आन्तरिक राजश्व कार्यालयले सिल गरी कागजात जफत गरेको छ ।  गणेश घिसिङमार्फत ठेक्कापट्टामा लगानी भएको छ । विद्युत प्राधिकरणका धेरै ठेक्कामा गणेश घिसिङको हिस्सा छ । 

    १०. केबुल संचालकहरुसंँगको मिलेमतोमा दुई बर्षदेखि बिना भाडा प्राधिकरणका पोलहरु प्रयोग गर्न दिंदा राज्यकोषमा करिब ६ अर्ब क्षति भएको ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार