काठमाडौँ। एसिया कप क्रिकेटअन्तर्गत आज (आइतबार)भारत र श्रीलंका उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। भारतीय टिम पाँच वर्षपछि मुख्य उपाधि जित्ने दाउमा रहेको छ। १६ औं संस्करणको फाइनलमा कोलम्बोमा श्रीलंका र भारत दुबै उपाधि जित्ने लक्ष्यका साथ आज मैदान उत्रिँदै छन्।
भारतीय टिमले पछिल्लो पटक २०१८ मा मुख्य ट्रफी जितेको थियो। युएईमा भएको एसिया कपमा नै भारतले उपाधि जितेको थियो। तर टी-२० फर्म्याटमा भएको गत संस्करणको उपाधि श्रीलंकाले जितेको थियो।
एसिया कपमा एकदिवसीय फर्म्याटमा भारतले सर्वाधिक ७ पटक र टी-२० फर्म्याटमा १ पटक उपाधि जित्दा श्रीलंकाले ५ एकदिवसीय र १ टी-२० एसिया कपको उपाधि जितेको छ।
२०१८ पछि आइसिसीले आयोजना गरेका पाँच मुख्य प्रतियोगिताहरू र एसिसीको एक इभेन्टमा भाग लिए पनि कुनै पनि प्रतियोगितामा भारत च्याम्पियन बन्न सकेको छैन। एसिसी र आइसिसीका इभेन्ट नै क्रिकेटको मुख्य उपाधिका रूपमा रहने गरेका छन्।
भारतले २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा आइसिसी च्याम्पियन ट्रफीको उपाधि जितेको थियो। त्यसयता भारतले आइसिसी र एसिसीका कुल १३ प्रतियोगिता खेलेको छ, जसमा २ पटक एसिया कप मात्र जितेको छ। उसले २०१६ र २०१८ मा जितेकाे हाे।
२०१४ मा बंगलादेशमा भएको टी-२० फाइनलमा पुगे पनि जित्न असफल भयो। भारत श्रीलंकासँग पराजित भएको थियो।
भारत र श्रीलंकाबीच एसिया कपमा आठौं पटक फाइनलमा स्थान बनाए। एसिया कप बाहेक यी दुई टिम अन्य १२ फाइनलमा प्रतिस्पर्धा गरेका छन्। यी दुई टिमले एकदिवसीय विश्वकप, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफीको फाइनलमा समेत एक अर्का विरुद्ध प्रतिस्पर्धा गरिसकेका छन्।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend