काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गर्दै अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई हाल्न थालेको गुनासो पोखेका छन् । नेकपा एसनिकट सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै सरकार दिशाहिन भएको बताए ।
उनले भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानाशाही शासन गरेको होइन उनीहरुले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरुले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो ? कसैले चिनेको पनि छैन । तर, मान्छेहरुले त्यतैतिर भोट हाल्न थालेका छन् । किनभने पहिलेदेखि स्थापित पार्टीहरुले काम गर्न नसकेपछि ध्यान त्यतातिर डाइभर्ट भइरहेको छ । यो एकदम खतरनाक कुरा हो ।’
उनले अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend