Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकजना व्यक्तिलाई १२ देशका लागि राजदूतमा सिफारिस


    बिहिबार, असोज १५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठकले एकजना ब्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कपिलबस्तुका डा.निर्मलकुमार विश्वकर्मालाई १२ देशको राजदूतका लागि सिफारिस गरेकाे हाे ।

    बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    पार्टीसँग कुनै समन्वय नगरी राजदूत नियुक्त गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार