Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुरु भयो चाडपर्व लक्षित सुपथ मूल्य पसल


    बिहिबार, असोज १५ २०७७
    605
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • साल्ट टेृडिङ कर्पोरेशन प्रालि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु गरेका छन् । तीन संस्थाले दशैँतिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यन्न उपलब्ध गराउन पसल शुरु गरेको बताएका छन् ।  ती संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक खाद्यान्नमा प्रतिकिलो झण्डै रु पाँचसम्म छुट दिइएको छ । उनले भने, “हामीले चामल, सिमी, फापरलगायतका सबै खाद्यान्नमा छुट गरेका छौँ, साल्ट ट्रेडिङ र डिडिसीले पनि छुट गरेका छन् ।”

    नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट बचेर सामान खरीदबिक्री गर्ने व्यवस्था मिलाइएको खनालले जानकारी दिनुभयो । सबै स्थानमा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र  सेनेटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

    उनले भने, “उपभोक्ता आफैँ पनि सजग हुन खाँचो छ ।” कम्पनीले यस वर्ष सहुलियत पसल सञ्चालन गर्दा झण्डै रु २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । गत आवमा १७ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो । कोरोनाको रोकथामका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै कम्पनीले ‘होम डेलिभरी’ समेत शुरु गरेको छ । सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्ष्य गरेर ‘होम डेलिभरी’ शुरु गरिएको हो ।

    उपत्यकाका रामशाहपथ, थापाथली, कालीमाटी, कोटेश्वर, टेकु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरलगायत स्थानमा बिक्री कक्ष  छन् । उपत्यका बाहिर ४९ स्थानमा पसल सञ्चालित छ । यी स्थानमा तीनै संस्थाले आआफ्ना सामानको फरकफरक कक्ष राखेका छन् । यी संस्थाले विगत वर्षदेखि नै चाडपर्वलाई लक्ष्य गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार