काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ५७ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।