काठमाडौं। भारत एसिसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गर्न सफल भएको छ । मंगलबार राति सम्पन्न सुपर चारको खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले पछार्दै उपाधि नजिक पुगेको हो ।
भारतले सुपर चारमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । सुपर चारमा लगातार दोस्रो जित निकालेको भारतले चार अङ्क बनाएको छ । कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालमा जितका लागि भारतले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४१.३ ओभरमा एक सय ७२ रनमा समेटिएको थियो ।
श्रीलङ्काका लागि दुनिथ वेलालागेले ४६ बलमा तीन चौका र एक छक्काको सहयोगमा अविजित ४२ रन बनाए। धनञ्जय डी सिल्भाले ४१, चरिथा अस्लंकाले २२, सदिर समराविक्रमाले १७ र कुशल मेन्डिसले १५ रन बनाए ।
बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिए । रवीन्द्र जडेजा र जस्प्रित बुमराहले दुई दुई तथा हार्दिक पाण्डेय र मोहम्मद सिराजले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ४८ बलमा सात चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ५३ रन बनाए । केएल राहुलले ३९, इशान किशनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन जोड्न सफल भए।
बलिङमा श्रीलङ्काका दुनीथ वेलालागेले पाँच विकेट लिए । चरिथ अस्लंकालले चार र महेश थिक्क्षनाले एक एक विकेट लिए । बंगलादेब सुपर चारबाट बाहिरिएको छ ।
अब भने सुपर चारमा श्रीलङ्का र पाकिस्तानबिचको विजेता टोली फाइनलमा पुग्नेछ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend