Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आंशिक प्राध्यापकहरुद्धारा पाटन क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी


    बिहिबार, असोज १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । पाटन संयुक्त क्याम्पसका आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयले गत भदौ १ गते जारी गरेको निर्देशिकाले आंशिक प्राध्यापकले उठाएका माग सम्बोधन गर्ने नभइ विस्थापित गर्ने भन्दै आंशिक प्राध्यापकहरुको आन्दोलनका कार्यक्रम अनुसार  तालाबन्दी गरेको आंशिक प्राध्यापक पाटन क्याम्पस इकाइका अध्यक्ष  ध्रुव गैरेले  बताएका छन् । 

    आंशिक प्राध्यापकहरुले निम्न माग राख्दै आन्दोलन चलाएका छन् । 
    १. निर्देशिका खारेज हुनुपर्ने

    २ . आफू अनुकुल स्वार्थ केन्द्रित नीति नियमहरु ल्याउन बन्द गर्नुपर्ने,

    ३. आंशिक शिक्षक तथा कर्मचारीहरुलाई समान ब्यवहार गर्नुपर्ने

    ४ . समय र घन्टीको सिमित घेराभित्र राख्ने काम बन्द गर्नुपर्ने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार