काठमाडौं । अर्थमन्त्रालयले मंगलबार ५५ उपसचिवहरुको सरुवा गरेको छ । सरुवा हुनेहरुमा मन्त्रालय र आन्तरिक राजस्व कार्यालयका उपसचिवहरु छन् । काठमाडौंको आन्तरिक राजस्व कार्यालय कालिमाटीको प्रमुख कर अधिकृतमा यमराज पाण्डेको सरुवा भएको छ ।
त्यस्तै आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको प्रमुख कर अधिकृतमा संगीता घिमिरे सुवेदी, आन्तरिक राजस्व कार्यालय टंगालको प्रमुखमा कमला खरेल, कलंकीको प्रमुखमा ज्ञानहरि पन्थीको सरुवा भएको टंगालको प्रमुखमा कमला खरेल, कलंकीको प्रमुखमा ज्ञानहरि पन्थीको सरुवा भएको छ ।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुखमा राजुप्रसाद प्याकुरेल, आराका जोरपाटीको प्रमुख कर अधिकृतमा च्ुडाराज सापकोटा, आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको प्रमुखमा युवराज श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वरको प्रमु्खमा गोविन्दराज आचार्य, आराका चावहिलको प्रमुखमा राजकुमार अधिकारी, आन्तरिक राजस्व कार्यालय ललितपुर १ मा नवराज पन्थीको सरुवा भएको छ ।
त्यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराको प्रमुखमा शिव शर्मा, भद्रपुरको प्रमुखमा कृष्णचन्द्र काफ्ले, आराका धुलिखेलको प्रमुखमा हरिप्रसाद तिमल्सिना, आराका सुर्खेतमा कपिलप्रसाद सुवेदीको सरुवा भएका छन् ।
त्यसैगरी, ठूला करदाता कार्यालयको प्रमुख कर अधिकृतमा सरुवा हुने उपसचिवहरुमा विमल सापकोटा, रामबहादुर केसी, इन्द्रबहादुर देवकोटा, दिलीपकुमार अधिकारी, गणेशप्रसाद नेपाल छन् ।
त्यस्तै, मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर अधिकृतमा सरुवा हुने उपसचिवहरुमा खेमनारायण रेग्मी, बसन्तराज तिवारी, हरिश्चन्द्र ढकाल, हरि बस्याल, जीवनाथ ज्ञवाली, मित्रलाल अधिकारी, ऋषिराम पोखरेल छन् ।
त्यस्तै जनार्दन आचार्यलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, खिमबहादुर कुँवर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र ताराप्रसाद सापकोटालाई सार्वजनिक वित्त ब्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।
१२ उपसचिवको अर्थमन्त्रालयमा सरुवा भएको छ । विभिन्न आन्तरिक राजस्व कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुनेहरुमा केशवकुमार उप्रेती, देवानन्द काफ्ले, ऋषिराम अधिकारी, दिब्यराज पोखरेल, देवनारायण पौडेल, सुनिलकुमार यादव, रामप्रमोद यादव, मिमांश अधिकारी, तिर्थराज बराल, जगदिश्वर उपाध्यायलगायत छन् ।
सरुवा सूचीः




काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend