काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संकटग्रस्त अर्थतन्त्र सुधारका दिशामा फिटिक्कै काम गर्न नसकेको तथ्यांकहरुले देखाइरहेका छन् । आफैं डाक्टर र अर्थतन्त्रका विज्ञ तीन जना थप डाक्टरलाई सल्लाहकार राखे पनि अर्थतन्त्र सुधार हुनसकेको छैन । यद्यपि उनी मन्त्री भएपछि उनकी श्रीमती विना महतले भने कुस्त लाभ लिन सफल भएकी छन् । उनको सचिवालयका कर्मचारी र केही बिचौलियाहरुले ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालयका सरुवामा दररेट असुली गरी सरुवा गरेका छन् । पत्नी विना महतले बासबारीस्थित घरमै ठेकेदारको लाइन लगाएर ठेक्काको भुक्तानी र बहुबर्षीय ठेक्कामा १ प्रतिशत दस्तुर मागेको आरोप लागेको छ ।
अर्थमन्त्रालयमा सधैं आकर्षक कार्यालय बसेका अधिकृत र उपसचिवहरु नै डा. महतको कार्यकालमा पुनः कमाउ ठाउँमा सरुवा भएका छन् । महत पत्नी र मन्त्रीको सचिवालमा कार्यरत कर्मचारीका अलावा बिचौलियाहरुलाई दररेट बुझाएर अर्थमा सधैं आकर्षक कार्यालयमा कार्यरतहरु पुनः आकर्षक भन्सार र आन्तरिक राजस्व कार्यालयमा सरुवा भएका छन् । त्यसको ज्वलन्त उदाहरण हुन्, उपसचिव रामप्रसाद मैनाली । उनी आन्तरिक राजस्व कार्यालय न्यूरोडमा २ बर्ष बसे । त्यसपछि कार्यसम्पादन नम्बर लिन सुर्खेत आन्तरिक राजस्व कार्यालयमा सरुवा भए । १० महिनामात्र सुर्खेतमा बसेर उनी रसुवा भन्सारको प्रमुखमा सरुवा मिलाउन सफल भए । रसुवा भन्सार कार्यालयबाट फर्किएपछि विभागमा केही महिना बसे । महत मन्त्री हुनासाथ उनी पुनः सबैभन्दा आकर्षक मानिने सुख्खा बन्दरगाह बीरगंजको प्रमुखमा सरुवा भएका छन् ।
लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा विदेशी पीआर लिने ब्यक्ति नेपालमा सरकारी सेवा गर्न अयोग्य हुने ब्यवस्था भइसकेको छ । तर ८ बर्षअघि लागू भएको उक्त ब्यवस्थालाई चुनौती दिंदै मैनाली बेलायतकै पीआर होल्डर भएको स्रोत बताउँछ । उनले बेलायतमै अध्ययन गरेका, बेलायतमै छोरीको विवाह पनि गरेका उनी बर्षमा २ देखि ३ पटकसम्म उता जाने गरेका छन् ।
मैनाली सुख्खा बन्दरगाहको प्रमुख भइसकेपछि सुपारीदेखि पोस्तादाना लगायत तेस्रो मुलुकबाट ल्याएर नेपालकै उत्पादनका रुपमा भारत तस्करी गराउने समूह सक्रिय भएको छ । जसको उदाहरण २० दिनअघि सुख्खा बन्दरगाहमा बरामद भएको ३ कन्टेनर सुपारीलाई लिन सकिन्छ । जुन सुपारी तस्करहरुले प्रमुख मैनालीसँग सेटिङ गरी पास गराउनै लागेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सुख्खा बन्दरगाहमा रोकिएको स्रोत बताउँछ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले सुख्खा बन्दरगाहबाट दैनिकजसो कम कम मूल्यांकन गरिएका २–३ वटा गाडी बरामद गरे पनि मैनालीमाथि अर्थमन्त्रालयले एक्सन लिनसकेको छैन ।
राजस्व समूहमा सर्धैं तर मार्दैआएका उपसचिव रामबहादुर केसी कर अधिकृत हुँदा आन्तरिक राजस्व कार्यालय भरतपुर, महाराजगंज, चावहिल, ललितपुर–१ लगायतका आकर्षक कार्यालयमा बसी बीसौं करोड सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । २०८० बैशाखमा उपसचिवमा बढुवा हुनासाथ उनलाई ठूला करदाता कार्यालयमा पदस्थापन गरिएको छ । जबकि बढुवा हुनासाथ प्रदेशमा पदस्थापन गर्ने प्रचलन छ । केसी राजस्व समूहमा अकूत कमाउनेभित्र ३–४ जनाभित्र पर्दछन् ।
त्यस्तै तरमारा कर्मचारी हुन्–शान्तिराम निरौला । उनी उपसचिव भएदेखि मन्त्रालय, विभागमा बस्नुपरेको छैन । नेपालगंज भन्सार कार्यालयबाट अर्को आकर्षक आन्तरिक राजस्व कार्यालय इटहरीमा सरुवा भए । इटहरीबाट झन् आकर्षक आन्तरिक राजस्व कार्यालय भैरहवा सरुवा भएका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई कुस्त बुझाएर उनी भैरहवा सरुवा मिलाउन सफल भएका थिए ।
त्यस्तै, उपसचिव धु्र्रवराज विश्वकर्मा पनि राजस्वमा तर मार्नेमा अग्रपंक्तिमा पर्दछन् । उनी पनि कहिल्यै मन्त्रालय वा विभागमा बसेको अभिलेख भेटिदैन, भन्सार कार्यालयको प्रमुख बाहेक उनी कतै बसेका छैनन् । उनी कृष्णनगर भन्सार, मेची भन्सार, मेचीबाट महेन्द्रनगर भन्सार र पछिल्लो पटक नेपालगंज भन्सारमा तर मार्न पुगेका छन् ।
त्यस्तै, ठूलै करमाराका रुपमा चिनिएका ध्रुव पोखरेल जो बढुवा हुनेबित्तिकै राजस्व अनुसन्धान विभाग र त्यहाँबाट केही समय मन्त्रालय बसी ठूला करदाता कार्यालय,, फेरि आन्तरिक राजस्व कार्यालय बुटवल सरुवा मिलाएका छन् । उनी पनि राजस्व समूहमा अरबपतिका रुपमा चिनिन्छन् । उनले भ्रष्टाचार गरेकै सम्पत्तिले राष्ट्रपति कार्यालय अगाडि ८ करोड रुपैयाँमा १ रोपनी जग्गा किनेका छन् ।
त्यस्तै, उपसचिव हरि बस्याल पनि राजस्व समूहमा पटक पटक अवसर पाउनेमा पर्दछन् । उनी आन्तरिक राजस्व कार्यालय बुटवलबाट चावहिल, त्यहाँबाट आन्तरिक राजस्व विभागमा बसी पुनः मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर अधिकृतमा पुगेका छन् ।
प्रदेश समायोजन नभए पनि प्रदेश नगई हाल राजस्व प्रशासनमा नयाँ तरमाराका रुपमा उदाएका प्रमुख कर अधिकृत निरन भट्टराई, गण्डकी प्रदेश समायोजन भएकाले आन्तरिक राजस्व कार्यालय ललितपुर २ बर्ष बसेर हाल आन्तरिक राजस्व कार्यालय भरतपुरमा सरुवा भएका छन् ।
त्यस्तै, उपसचिव तिलक खड्का लुम्बिनी प्रदेशमा समायोजन भए पनि आन्तरिक राजस्व कार्यालय कोटेश्वर बसी हाल उही प्रकृतिको मालदार मानिने आन्तरिक राजस्व महाराजगंजमा गएका छन् ।
कर्णाली प्रदेश समायोजन भए पनि मध्यमस्तरीय करदाता कार्यालयमा बसी हाल आन्तरिक राजस्व कार्यालय नेपालगंज पुगेका सुदिश अर्याल पनि राजस्व समूहका भाग्यमानीमै पर्दछन् । १ बर्ष आन्तरिक राजस्व कार्यालय कावासोतीमा बसेका उपसचिव ज्ञानहरि पन्थी कलंकी आराका जान सफल भएका छन् ।
त्यस्तै आन्तरिक राजस्व कार्यालय धरानबाट गोविन्दराज आचार्य बानेश्वरमा सरुवा भएका छन् ।
यो देशमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भन्ने निकाय स्वतन्त्र छ भने बानेश्वर, शंखमुल, बुद्धनगरका एकतिहाई बंगला राजस्व समूहमा अधिकृतदेखि नै सधैं तर मार्दैआएकाहरु र उनीहरुका नातेदारको नाममा फेलापर्ने अर्थ मन्त्रालय स्रोत बताउँछ ।
पेलिएका उपसचिव थन्क्याउने ठाउँ बन्यो विमानस्थल भन्सार
त्यस्तै अर्थ मन्त्रालय र विभागमा बसेर १ बर्षमै सरुवाको कोपभाजनमा परेका उपसचिवहरुमा राजेन्द्र चुडाल, धनबहादुर बरुवाल, नरबहादुर थापा, मणिराम पौडेल र गगनबहादुर विके छन् । धनबहादुर बरुवाल पूर्वअर्थमन्त्री जनार्दन शर्माको निजी सचिवमा बसी बीरगंज भन्सारमा सरुवा भएका थिए । उनलाई १ बर्षमै बिभागमा तानिएको छ ।
नरबहादुर थापा नेपालगंज भन्सार कार्यालयको प्रमुखबाट १ बर्षमै सरुवा भए । नेपालगंजबाट एक बर्षमै तानिए पनि उनी लगातार कार्यालय बस्न पाउने उपसचिवका रुपमा चिनिन्छन् । उनी आन्तरिक राजस्व कार्यालय पुतलीसडकबाट धनगढी भन्सार, त्यहाँबाट पुनः नेपालगंज भन्सार हुँदै अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पुगेका छन् ।
त्यस्तै, मणिराम पौडेललाई जनार्दन शर्माले एक बर्षमै फिर्ता गरेका थिए । तर पछि करका दर संशोधनमा टाइप गरी सहयोग गरेको भनी जनार्दनले नै उनलाई भैरहवा भन्सार पठाएका थिए । तर उनलाई डा. महतले एक बर्षमै तानेर विमानस्थल भन्सारमै पठाएका छन् ।
त्यस्तै गगनबहादुर बिके पनि मन्त्रालयमा बसेर १ बर्षअघि कृष्णनगर भन्सार कार्यालयको प्रमुखमा सरुवा भएका थिए । तर उनलाई पनि एक बर्षमै तानेर विमानस्थल भन्सार नै पठाइएको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend