Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई कोरोना संक्रमण


    बिहिबार, असोज १५ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

    वीर अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सीईओ ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको हो।  गत सोमबार गरिएको स्वाब संकलनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि सीईओ ज्ञवाली होम आइसोलेसनमा बसेका छन्। 

    ज्ञवालीलाई कोरोना संक्रमण देखिएपछि उनका परिवारका सदस्यको पनि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। तर, उनका परिवारका अन्य सदस्यको रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार