भैरहवा । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।
बिहीबार सिद्धार्थनगर नगरपालिका-१, बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिए।
उनका अनुसार निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि सोमबार मात्रै अस्पतालमा भर्ना भएका थिए।