Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जुम्ला शिक्षण अस्पतालको सेवा बन्द


    बिहिबार, असोज १५ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको छ ।

    अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको हो ।  अस्पतालका  निर्देशक डाक्टर अनुपमंगल समालका अनुसार ११ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसँगै अरु बिरामी, बिरामीका आफन्तमा कोरोना पोजेटिभ देखिएको हो ।

    उनीहरुलाई अस्पतालको आइसोलेशनमा राखिएको र अरु कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको उनले बताए । अर्को सूचना नआएसम्म आकस्मिकबाहेकका सेवा बन्द हुने अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार