विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या र विवाद सिर्जना भएको टिप्पणी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको दाबी गरेका हुन् ।
‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना समान्य हुन् । संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए । तर, हाम्रो सिस्टममै दोष छ । जुन खालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ यादवले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो । मन्त्रीमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नुहुँदैन ।’
यादवले कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend