Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ब्राउनसुगरसहित २ जना पक्राउ


    बुधबार, असोज १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिकास्थित सैनिक मोडबाट कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही स्थान बस्ने ३९ वर्षीय नरबहादुर राजबंशी रहेका छन्।

    उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरिएको समेत प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी बुधबार म्याद थपसहित अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार