Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू अहिले पनि क्रियाशील छन्: ओली


    शनिबार, भाद्र २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन् । तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले आज भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद नभएको पनि बताए । जात-जात, वडा-वडा, पालिका-पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाइ छ ।

    ओलीले भने, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्त्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रूपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसाबले विकास गरिएको होला । असामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो । साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुसीयाली, साझा उत्सव त्यो मनाउनु हो । हामी त्यसै गरी आज मनाउँदैछौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार