काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यीमध्यै काठमाडौंका मात्र ६ सय ९७ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ जना संक्रमित थपिएका छन्।
बुधबार देशभर १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४ सय ९८ संक्रमितको मृत्यु भएको छ।