काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले दाइले टिकट दिने परिपाटी आगामी महाधिवेशनबाट बदल्नुपर्ने टिप्पणी गरेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा पार्टीले आयोजना गरेको तीज विशेष कार्यक्रममा महामन्त्री थापाले वडाको सभापति छान्ने अधिकार पार्टीले दिएपनि त्यही वडाको अध्यक्षको उम्मेदवार छान्ने अधिकार भने नदिएको स्पष्ट पारे।
‘अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिन्छ,’ उनले भने।
त्यसो भए दिने अवस्था कसरी बनाउने? महामन्त्री थापाका अनुसार एउटा अमुक दाइको मात्रै विषय नभई यो परिपाटी नै कसरी बदल्ने भन्ने विषय प्रधान हो।
‘तरिका छ। १५ औं महाधिवेशनबाट बदलौं। यो विषयमा हामी पैरवी गरिरहेका छौं,’ उनले भने, ‘सिन्धुपाल्चोकको क्षेत्र १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार बन्छ।’
प्रत्यक्षदेखि समानुपातिक उम्मेदवार त्यसरी नै छानिने हो भने कांग्रेसका कुनैपनि नेताले दादागिरी देखाउन नसक्ने उनले बताए।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend