काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले दाइले टिकट दिने परिपाटी आगामी महाधिवेशनबाट बदल्नुपर्ने टिप्पणी गरेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा पार्टीले आयोजना गरेको तीज विशेष कार्यक्रममा महामन्त्री थापाले वडाको सभापति छान्ने अधिकार पार्टीले दिएपनि त्यही वडाको अध्यक्षको उम्मेदवार छान्ने अधिकार भने नदिएको स्पष्ट पारे।
‘अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिन्छ,’ उनले भने।
त्यसो भए दिने अवस्था कसरी बनाउने? महामन्त्री थापाका अनुसार एउटा अमुक दाइको मात्रै विषय नभई यो परिपाटी नै कसरी बदल्ने भन्ने विषय प्रधान हो।
‘तरिका छ। १५ औं महाधिवेशनबाट बदलौं। यो विषयमा हामी पैरवी गरिरहेका छौं,’ उनले भने, ‘सिन्धुपाल्चोकको क्षेत्र १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार बन्छ।’
प्रत्यक्षदेखि समानुपातिक उम्मेदवार त्यसरी नै छानिने हो भने कांग्रेसका कुनैपनि नेताले दादागिरी देखाउन नसक्ने उनले बताए।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend